काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदको हिउँदे अधिवेशन चाँडै अन्त्य हुने संकेत गरेका छन् । शुक्रबार बसेको एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो संकेत गरेका हुन् ।
बैठकमा प्रधानमन्त्री ओलीले बजेट अधिवेशन बैशाखमै शुरु गर्नुपर्ने भएकाले अहिले जारी संसदको अधिवेशन चैत्रको अन्त्यमै सकिने बताएका हुन् ।
एमाले प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री ओलीले बैठकमा अहिले संसद अधिवेसनको उत्तरार्द्धमा रहेको र बैशाखबाट बर्खे अधिवेशन प्रारम्भ गर्नुपर्ने भएकाले चालु अधिवेशन चाँडै अन्त्य हुनसक्ने बताएको खरीबोटलाई जानकारी दिए ।
प्रतिक्रिया