देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौँ उपत्यकामा वायुप्रदूषण बढ्यो

देशान्तर

काठमाडौँ – काठमाडौँ उपत्यकामा वायुप्रदुषण बढेको छ । उपत्यकाको आकाश धुलाम्मे भएपछि हवाई उडान प्रभावित भएको छ भने सडकमा हिड्दा आँखा पिरो हुने समस्या आएको छ । वातावारण विभाग अन्तर्गतको वायु प्रदुषण मापन केन्द्रले पनि काठमाडौँको प्रदुषणले एक्यूआइले जोखिम तह नाघेको देखाएको छ ।

सरकारले तोकेको वायुप्रदुषणको मापदण्ड अनुसार ३ सय एमक्यूआइ तह भन्दा माथिलाई विपदको रुपमा लिने भनिएको छ । आज वायुको गुणस्तर सूचकांक काठमाडौँमा ४७०, भक्तपुरमा ३०५ र सिमरामा २४८ सम्म पुगेको थियो । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्ने उल्लेख छ ।

५१ देखि १ सयसम्मको एक्यूआईलाई सामान्य मानिएको छ भने एक्यूआई २ सय १ भन्दा माथि पुगे धेरै अस्वस्थकर र ३ सय १ भन्दा माथि पुगे घातक हुने उल्लेख गरेको छ । देशका कयौं ठाउँमा डढेलो लागेको कारण उपत्यकामा प्रदूषण बढेको विश्लेषण गरिएको छ ।