देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसदीय दलको बैठकमा सहभागी हुने नेपाल समूहको निर्णय

देशान्तर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल समूह संसदीय दलको बैठकमा जाने भएको छ ।

प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार दिउसो ३ बजे दलको बैठक बोलाएका छन् ।

त्यसअघि बसेको नेपाल समूहका नेताहरुको बैठकले संसदीय दलको बैठकमा जाने र पार्टी स्थायी,पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक माग गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।