देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्से २१ अंकले घट्दा छ अर्ब ५० करोडको सेयर खरिद बिक्री

देशान्तर

काठमाडौं – साताको अन्तिम कारोवार दिन नेप्से घटेको छ । आज बिहिबार नेप्से २१ दसमलव २९ अंकले घटेर २५ सय ४८ दसमलव ९६ बिन्दुमा झर्दा सेन्सिटिभ पनि पाँच दसमलव ६४ अंकले घटेर चार सय ५० दसमलव ३१ बिन्दुमा झरेको छ । आज दुई सय आठ वटा कम्पनीहरुको ७४ हजार छ सय ५८ पटकको कारोवारमा एक करोड २५ लाख ४८ हजार एक सय ४६ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम छ अर्ब ५० करोड आठ लाख छ हजार ४० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा १० वटा समुहको सुचक घटेकाछन् भने तीन वटा समुहको सुचक बढेकाछन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १९ दसमलव ६७ अंकले घटेर १७ सय ६३ दसमलव ५० बिन्दुमा झर्दा निर्जिवन बीमा समुहको सुचक पनि ५४ दसमलव १५ अंकले घटेर १२ हजार नौ सय ४८ दसमलव ३४ बिन्दुमा झरेको छ । बिकास बैंक, लघुबित्त, जलबिद्युत, जीवन बीमा, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुक लगानी कोष समुहहरुको सुचक पनि घटेकाछन । ट्रेडिङ, होटल तथा पर्यटन र लगानी समुहको सुचक भने बढेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको चन्द्रागिरी हिल्स लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर दुई हजार ७९ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको नेपाल बंगलादेश बैकको प्रतिकित्ता सेयर मुल्य भने छ दसमलव १४ प्रतिसतले घटेर तीन सय ६७ रुपैयाँमा कारोवार भएको छ । यसैगरी रकम कारोवारका आधारमा पहिलो स्थानमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रतिकित्ता छ सय आठ रुपैयाँ अंन्तिम मुल्यमा ८९ करोड ५० लाख ३८ हजार आठ सय ५४ रुपैयाँको कारोवार भएको छ ।