काठमाडौं . प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । शुक्रबार दिउँसो ३ बजेको लागि बैठक बोलाइएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएको उनले बताए।
वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले यसअघि बालुवाटारमा संसदीय दलको बैठक बोलाएको भन्दै बहिष्कार गरेको थियो।
यस समूहले पनि भोलि शक्रबारकै लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ।
प्रतिक्रिया