काठमाडौ । ४० वर्ष भारतीय जेलमा बन्दी जीवन बिताएर गृह जिल्ला फर्किएका दुर्गाप्रसाद तिम्सिनाले ६० वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेका छन् ।
इलामको माई नगरपालिका १० लुम्बाकका तिम्सिनाले बिहीवार जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता प्राप्त गरेका हुन् ।
उनी आफ्ना भतिज गोपाल तिम्सिना, भिनाजु खडानन्द गजुरेल, भाइ धिरेन्द्र शर्मा रमणलगायत जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएका थिए ।
नागरिकताका लागि कार्यालय पगेका तिम्सिनालाई प्रशासकीय अधिकृत देवीचरण फुयाँलले ०३ -०१ -७७ -०३२५१ नम्बर भएको नागरिकता प्रदान गरेका छन् ।
प्रतिक्रिया