देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अनलाइन मार्फत औषधि बिक्री गरे कारबाही हुने

देशान्तर

काठमाण्डौ । अब अनलाइन तथा सामाजिक सञ्जालमार्फत औषधि बिक्री वितरण गर्न नपाइने भएको छ ।

सामाजिक सञ्जालमा फार्मेसी सेवाका नाममा गैरकानुनी रुपमा भइरहेको औषधि बिक्रीरवितरण तत्काल बन्द गर्न औषधि व्यवस्था विभागले निर्देशन दिएको हो ।

विभागले सूचना जारी गर्दै औषधि ऐन २०३५, दफा १९ बमोजिम औषधिको गलत विज्ञापन गर्न नहुने कानुनी व्यवस्था रहेकाले कानुन विपरीत अनलाइनबाट भइरहेको औषधि बिक्री वितरण बन्द गर्न भनेको हो ।

निर्देशन अटेरी गर्नेमाथि कारबाही हुने विभागले चेतावनी दिएको छ ।