काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा बुधबार सहप्रवक्ता समीरकुमार अधिकारीले देशभरका प्रयोगशालामा गरिएको ३ हजार ९ सय ६३ नमुना परीक्षणमा १ सय ४५ जनामा संक्रमण देखिएको जानकारी दिएका हुन् ।
जसमध्ये काठमाडौं उपत्यकाकामात्रै ६३ जना छन् । सहप्रवक्ता अधिकारीका अनुसार काठमाडौं ५३, ललितपुरमा ८ र भक्तपुरमा २ जना रहेका छन् । यस्तै २४ घण्टामा ९० जना डिस्चार्ज भएका उनले बताए । सक्रिय संक्रमितको संख्या भने १ हजार १ सय ८२ रहेका छन् ।
प्रतिक्रिया