देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाकिस्तानमा बलात्कारको अभियोग लागेका दुई जनालाई मृत्युदण्ड दिइने

देशान्तर

पाकिस्तानको एक अदालतले बलात्कारको अभियोग लागेका दुई जनालाई मृत्युदण्डको सजायँ सुनाएको छ ।

लाहोरको पूर्वी शहरस्थित एक विशेष अदालतले अविद मेहली र शाफ्कत अलीलाई नामक दुई पुरुषलाई फ्रेन्च मुलकी पाकिस्तानी महिलालाई बलात्कार गरेको अभियोगमा मृत्युदण्डको सजायँ सुनाएको हो । रातको समयमा पेट्रोलेको खाजीमा निस्किएकी ती महिलालाई उनीहरुले दुई बच्चाको सामुन्ने बलात्कार गरि लुटपाट समेत गरेका थिए ।

सन् २०२० को डिसेम्बर ९ माा भएको घटनालाई लिएर पाकिस्तानमा चर्को विरोध भएको थियो । प्रदर्शनमा उत्रिएकाहरुले पीडितलाई न्याय र मुलुकमा महिला सुरक्षाको माग गरेको थिए । पाकिस्तानमा गत डिसेम्बर महिनामा मात्र बलात्कारविरुद्धको नयाँ कानुन पास भएको थियो ।