देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आजकाे माैसम कस्ताे छ त?

देशान्तर

देशका पहाडी क्षेत्रको मौसम आज आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभावका कारण मौसम बदली भएको हो ।

अहिले प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहि अन्य स्थानमा मौसम सामान्यतया सफा छ ।

आज दिउँसो पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहि बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

यस्तै राति पहाडी भू–भागहरुमा आंशिक बदली रहनेछ। प्रदेश १ को पहाडी क्षेत्रको एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

पहाडी क्षेत्रका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।