म्यानचेस्टर सिटी एफ ए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार राति भएको खेलमा एर्भटनलाई २–० गोल अन्तरले पराजित गर्दै सिटी सेमिफाइनलमा प्रवेश गरेको हो ।
सिटीको सेमिफाइनल यात्रा लगातार तेस्रो सिजन पनि हो । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा सिटीले गोलको खडेरी तोड्न ८४ औं मिनेट कुर्नु परेको थियो ।
उसका लागि गुन्डोगानले गोल गर्दै अग्रता दिलाएका थिए ।
८० औं मिनेनमा रहिम स्र्टलिङलाई रिप्लेस गर्दै मैदान प्रवेश गरेका केभिन डी ब्रुइनले ९० औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका थिए ।
यस्तै, अर्को खेलमा साउथ ह्याम्पटनले बर्नेमाउथलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
प्रतिक्रिया