काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई कोरोना संक्रमण भएको छ । प्रधानमन्त्री खानका स्वास्थ्य सहायकले सामाजिक संजालमार्फत उनलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।
प्रधानमन्त्रीको कार्यालयले पनि प्रधानमन्त्री खानलाई कोरोना पोजेटिभ देखिएको पुष्टि गरेको छ । प्रधानमन्त्री खानले विहिबार मात्र कोरोनाको खोपको पहिलो डोज लगाएका थिए ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार डा. शाहबाज गीलले उनलाई सामान्य ज्वरो र खोकी रहेको बताएका छन् । अहिले प्रधानमन्त्री खान घरमै आइसोलेसनमा रहेको बताइएको छ ।
उनले प्रधानमन्त्री खानलाई खोप लगाउनु भन्दा अगाडीनै कोरोना संक्रमण भएको हुनसक्ने बताएका छन् ।
प्रतिक्रिया