काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले प्रधानमन्त्री केपी ओलीलाई तानाशाह नबनाएको बताएकी छन् । शुक्रबार प्रतिनिधिसभा लाई सम्बोधन गर्दै उनले ओलीलाई तानाशाह नभइ दलको नेता बनाएको बताएकी हुन् ।
‘पार्टीको नीतिअनुसार समाजवादको दिशामा कार्यक्रम र बजेट आउनुपर्ने, तर कार्यक्रम आउँछ दलाल पुँजीपतिका निम्ति’, उनले भनिन्, ‘पार्टी र दलको बैठकमा हामीले भन्यौँ । तर छलेर फेरि उही बजेट र नीति आयो । हामीले संसदीय दलको नेता बनाएका हौँ, तानाशाह हैन । हामीले व्यक्तिगत तानाशाह लाद्नका लागि प्रधानमन्त्री बनाएका होइनौँ ।
उनले नेपालमा सबै कम्युनिस्टलाई एकै ठाउँ ल्याउन माओवादी र एमालेबीच गठबन्धनमा चुनाव लडेको र पछि पार्टी एकीकरण समेत गरेको, तर व्यक्तिको अहङ्कारले त्यो हुन नसकेको बताइन् ।
प्रतिक्रिया