काठमाडौं । नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको उपचारकालागि सरकारले १० लाख दिने भएको छ । मष्तिस्कघात भएर नर्भिक अस्पतालमा उपचाररत जोशीको उपचारका लागि भन्दै सरकारले १० लाख सहयोग दिने भएको हो ।
शुक्रबार बिहान जोशीको स्वास्थ्य अवस्था बुझ्न नर्भिक अस्पताल पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले १० लाख सहयोग गर्ने बताए । पोखरेलले जोशीको स्वास्थ्य अवस्थाबारे जानकारीसमेत लिएका छ्न् ।
गत फागुन १४ गते मस्तिष्कघात भई नर्भिक अस्पतालमा भर्ना भएका जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । टाउकोको सामान्य शल्यक्रियापछि भेन्टिलेटर बाहिर निकालिएका जोशीको स्वास्थ्य गम्भीर भएपछि पुनः भेन्टिलेटरमा राखिएको हो ।
प्रतिक्रिया