रुस र अमेरिकाबीच शीर्ष तहमै वाकयुद्ध सुरु भएको छ ।
गुप्तचर निकायले केही दिनअघि प्रतिवदेन सार्वजनिक गरेपछि यी राष्ट्रका राष्ट्रप्रमुख एकआर्कप्रति आरोप प्रत्यारोपमा लागेका हुन् ।
उक्त प्रतिवदेनले गत वर्षको राष्ट्रपतिय निर्वाचनमा रुसले तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन गरेको दावी गरेको थियो ।
निर्वाचनको अन्तिम परिणाम घोषणा हुनुअघिसम्म जो बाइडेनविरुद्ध प्रचारबाजी गरेको प्रतिवदेनमा उल्लेख छ ।
सो निर्वाचनमा रुसले अमेरिकामाथि हस्तक्षेप गरेको भन्दै सर्वत्र आलोचना भएको थियो । अमेरिकी राष्ट्रपति बाइडेनले एक टेलिभिजन अन्तर्वार्तामा रुसी समकक्षीलाई विभिन्न आरोप लगाएपछि रुसले त्यसको प्रतिकार गरेको हो ।
अन्तर्वार्ताका क्रममा बाइडेनले पुटिनमाथि विपक्षी नेता अलेक्स नभाल्नी र अन्य प्रतिद्वन्द्वी नेताहरुमाथि अमानवीय व्यवहार गरेको आरोप लगाउनुभएको छ ।
उनले रसियाले अमेरिकासँगको सम्बन्ध सुधार गर्नुपर्ने पनि बताएका छन् । यता जवाफमा पुटिनले उच्च तहका व्यक्तिका अभिव्यक्तिले उत्पन्न गराउने परिणामको सामना आफैंले गर्नुपर्ने भन्दै तथ्यहीन विषयमा प्रचारबाजी नगर्न चेतावनी पनि दिएका छन् ।
बाइडेनको अभिव्यक्तिप्रति रसियाका सांसदहरुलेसमेत आपत्ति जनाउनुका साथै रुससँग सम्बन्ध सुधार गर्न नचाहेको टिप्पणी गरेका छन् ।
प्रतिक्रिया