काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरू अन्ततः बालुवाटार बैठकमा नजाने भएका छन् ।
अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा भाग लिन केही सांसदहरु सानेपाबाट हिँडिसकेका थिए ।
तर उनीहरु बीच बाटोबाटै फर्किएका छन् । अनौपचारिक छलफलबाट बालुवाटार जाऔं भन्ने भयो । यसपछि हामी त हिँडिसकेका थियौं । फेरि अर्को सूचना आयो, हामी फर्कियौं’, सांसद गणेश पहाडीले भने ।
उनका अनुसार स्थायी कमिटीबाहेकका सांसदहरु ओलीले बोलाएको दलको बैठकमा जाने भन्ने सल्लाह भएको थियो ।
प्रतिक्रिया