काठमाडौँ – केही हप्तायता लगातार ओरालो लागिरहेको शेयर बजार आज भने सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से दुई दशमलव ५६ अङ्कले बढेर २३ सय ९१ दशमलव ७४ विन्दुमा पुगेको छ । आज बैंकिङ समूहको शेयर साढे तीन अङ्कले, होटल तथा पर्यटन समूहको ८६ अङ्कले, उत्पादनको २३, माइक्रो फाइनान्सको २७, जीवन बीमा समूहको दुई सय ३० र लगानी समूहको शेयर शून्य दशमलव दुई अङ्कले बढेको छ ।
व्यापार, विकास बैंक, जलविद्युत्, निर्जीवन बीमा र अन्य समूहको शेयर भने घटेको छ । आज दुई सय १६ कम्पनीका ९० लाख १२ हजार कित्ता शेयर तीन अर्ब ३७ करोड ५६ लाख रुपैयाँमा कारोबार भएका छन् ।
प्रतिक्रिया