काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले ४ बजे आयोजना गरेको सर्वदलीय बैठकमा पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनाल सहभागी नहुने भएका छन् ।
भोलि (बुधबार) देखि शुरु हुने पार्टीको राष्ट्रिय कार्यकर्ता भेलाको तयारीको काम रहेकाले नेपाल र खनाल दुबै शीतलनिवासको वैठकमा सहभागी हुन नसक्ने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि सर्वदलीय वैठकमा नजाने भएका छन् ।
स्वास्थ्य समस्याका कारण भट्टराई वैठकमा सहभागी हुन नसक्ने जनाइएको छ । राष्ट्रपति भण्डारीले आज (मंगलबार) अपरान्ह ४ बजेका लागि संसद प्रतिनिधित्व गर्ने दलका प्रमुख र पूर्व प्रधानमन्त्रीहरुको बैठक बोलाएकी छिन् ।
प्रतिक्रिया