काठमाडौँ – नेकपा माओवादी केन्द्रले पार्टी संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै कायम राखे निर्णय गरेको छ । आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले दाहाललाई दल नेता कायम राख्ने निर्णय गरेको हो । सर्वोच्चले नेकपा माओवादी केन्द्र ब्युँताइदिएपछि आज पहिलोपटक दलको बैठक बसेको थियो ।
उक्त बैठकले दलको अध्यक्षमा प्रचण्डलाई दलको नेता र सचेतकमा देवप्रसाद गुरूङलाई नै कायम गर्ने निर्णय गरेको सांसद वर्षामान पुनले जानकारी दिएका छन् । त्यस्तै माओवादी केन्द्रको राष्ट्रिय सभामा दलको नेताका रूपमा सांसद दीनानाथ शर्मालाई तोकिएको छ ।
प्रतिक्रिया