देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनको मुल्य आज स्थिर

देशान्तर

काठमाडौँ – मंगलबार सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलाको ८६ हजार ६ सयमै कारोबार भइरहेको छ ।

यसअघि आइतबार र सोमबार पनि छापावाला सुन तोलाको ८६ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको पनि मुल्य प्रतितोला ८६ हजार १५० रहेको छ ।

त्यसैगरी आज चाँदी भने आज तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १२ सय ८० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।