देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतमा फेरी बढ्दै कोरोना संक्रमण, २४ घण्टामा १३१ जनाको मृत्यु

देशान्तर

काठमाडौँ – छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण फेरी बढेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट १३१ जनाको मृत्यु भएको छ ।

भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख ५८ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ५८ हजार ८५६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २४ हजार ४९२ जना संक्रमित पुष्टि भएको छ । यो सँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या एक करोड १४ लाख ९ हजार ८३१ पुगेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म एक करोड १० लाख २७ हजार ५४३ जना संक्रमण मुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा २० हजार १९१ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । त्यस्तै अहिले भारतमा २ लाख २३ हजार ४३२ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल २२ करोड ८२ लाख ८० हजार ७६३ नमुना परिक्षण गरिएको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ८ लाख ७३ हजार ३५० नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

त्यस्तै भारतमा अहिलेसम्म कुल ३ करोड २९ लाख ४७ हजार ४३२ जनाले कोरोनाको खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयले खोप अभियान तिब्र गतिमा अगाडी बढाइएको बताउदै सोमबार मात्र करिब ३० लाख ३९ हजारले कोरोनाको खोप लगाएको जानकारी दिएको छ ।