देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेकपा एमालेमा एकै दिन तीन गुटका भेला

देशान्तर

काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आन्तरिक विवाद बढ्दै गएको छ । एमाले र माओवादीको एकता कायम हुँदा पार्टी भित्र दुई समूहमा विभाजित पार्टीभित्र अहिले सर्वोच्चको फैसलापछि चार समूह देखिएका छन् । एक केपी शर्मा ओली, दोस्रो पुष्पकमल दाहाल प्रचण्ड, तेस्रो माधव कुमार नेपाल झलना खनाल र चौथो बामदेव गौतम समूह देखिएको छ ।

अदालतको फैसलाले ओली र प्रचण्डलाई छुट्टै पार्टी भएको बताएपनि नेपाल र गौतम अहिले एमालेभित्र संघर्ष गरिरहेका छन् । आज तीनवटै समूहले छुट्टाछुट्टै भेला राखेका छन्, जुन विग्रहको संकेतका रुपमा हेरिएको छ । अध्यक्ष ओलीले ७ गते बोलाइएको केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा चियापान राख्नुभएको छ ।

कार्यक्रम बालुवाटारमा आयोजना भएको छ । यस्तै वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पत्रकार सम्मेलनको आयोजना गरेको छ । नेपाल समूहका कार्यक्रम सानेपामा आयोजना भइरहेको छ । उपाध्यक्ष वामदेव गौतम समूहले बल्खुमा केन्द्रीय समिति बैठकको आयोजना गरेका छन् ।

प्रधानमन्त्री ओली समूहले आयोजना गरेको कार्यक्रममा नेपाल र गौतमले सहभागी नहुने घोषणा गरिसकेका छन् । आमन्त्रण् भने पार्टीका सबै नेताहरुलाई गरिएको छ । नेपाल समूहले ४ र ५ गते आयोजना हुने राष्ट्रिय कार्यकर्ता भेलाका बारेमा जानकारी दिन पक्रकार सम्मेलन गरेको हो ।
त्यस्तै उपाध्यक्ष वामदेव गौतमले बल्खुको रिद्धीसिद्धी पार्टी प्यालेसमा केन्द्रीय समितिको बैठक बोलाएका छन् ।