काठमाडौँ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदमा सानो भूमिका भए पनि नेपालको राजनीतिमा काँग्रेसको विशिष्ट भूमिका रहेको बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको कार्यक्रममा पौडेलले यस्तो बताएका हुन् ।
दुई वटा प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव आएपछि सरकार गिराउन सभापति देउवासँग दरो निर्णयका लागि आग्रह उनको भनाई छ । पार्टी अनिर्णयको बन्दी बन्न नहुने उनको भनाई थियो । काँग्रेसले केही निर्णय गर्दैन भनेर जसपाले भनिरहेको मिडियाबाट थाह पाएको उहाँले बताए । यस्तो अवस्थामा राजनीति उल्टो दिशामा जानसक्नेतर्फ पौडेलले सचेत गराए ।
प्रतिक्रिया