काठमाडौँ – नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ । दुई दिन लगातार बसेको बैठकले ठोस निर्णय नगरी सकिएको छ । त्यस्तै माओवादी केन्द्रले छिट्टै सर्वोच्च अदालतको फागुन २३ गतेको फैसला पुनरावलोकनमा जाने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
अहिले अन्य दलहरुसँग छलफल गर्नुपर्ने भएकोले तत्कालका लागि बैठक टुंगाउन नसक्ने भएपछि बैठक स्थगित गरिएको र केहि दिनपछि यहि बैठकलाई निरन्तरता दिने उनले बताए ।आजको बैठकमा एमालेमा गएका २३ नेताहरुलाई कारवाही गर्ने प्रक्रिया अगाडी नबढेको भन्दै प्रवक्ता श्रेष्ठले आवश्यक समयमा पार्टीले निर्णय लिने जानकारी दिए ।
प्रतिक्रिया