देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारलाई सक्दो चाँडो ढाल्नु नै अहिलेको बुद्धिमता निर्णय : पौडेल

देशान्तर

काठमाडौँ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस नेतृत्वले वर्तमान सरकारलाई हटाउन ढिला गर्न नहुने बताउनु भएको छ । आज पर्वतमा प्रेस युनियन जिल्ला शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले यस्तो भनाई राखेका हुन् ।

उनले केपी ओली नेतृत्वको सरकारलाई सक्दो चाँडो ढाल्नु नै अहिलेको बुद्धिमता निर्णय हुने र यो मौका मिस नगर्न सभापति देउवालाई सुझाव दिए । अविश्वासको प्रस्ताव राख्न भने काँग्रेसले सक्ने अवस्था नरहेको पौडेलको भनाई थियो ।

उनले अरु पार्टीले अविश्वासको प्रस्ताव ल्याउनसाथ त्यसमा काँग्रेसले समर्थन गर्ने बताए ।