काठमाडौँ – जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी अरुको पछि लागेर सरकारमा नजाने बताएका छन् । पार्टीले सत्ता समीकरणका लागि अन्य दलसँगको भेटलाई तीव्र बनाइरहेका बेला आएको भट्टराईको यो भनाइलाई महत्त्वपूर्ण रुपमा हेरिएको छ।
समाजिक सञ्जलमार्फत डा. भट्टराईले जसपा कसैको पुच्छर नबन्ने बताए । सत्तामा जान एमाले, माओवादी र कांग्रेसले जसपाको साथ खोजिरहेको अवस्थामा नेता भट्टराईले जसपा कसैको पुच्छर नबन्ने बरु आफैँ देशको नेतृत्व गर्ने बताए । उनले जान्नै पर्ने कुरा भन्दै जसपाका तीन विशेषता औँल्याएका छन् ।
प्रतिक्रिया