देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उच्च अंकले घट्यो नेप्से

देशान्तर

काठमाडौ – साताको पहिलो कारोवार दिन नै नेप्से उच्च अंकले घटेको छ । नेप्से आज आईतबार ५१ दसमलव २३ अंकले घटेर २४ सय सात दसमलव २५ बिन्दुमा झर्दा सेन्सिटिभ पनि १० दसमलव एक अंकले घटेर चार सय ३५ दसमलव १३ बिन्दुमा झरेको छ । दुई सय ११ वटा कम्पनीहरुको ६० हजार नौ सय ७३ पटकको कारोवारमा ९९ लाख तीन हजार सात सय चार कित्ता सेयर खरिद बिक्री भएकोमा कुुल कारोवार रकम चार अर्ब ९५ करोड २७ लाख २२ हजार एक सय ९५ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा होटल तथा लगानी समुह र जलबिद्युत समुहको सुचक बढेपनि बाँकी समुहको सुचक उच्च अंकले घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ३२ दसमलव ३३ अंकले घटेर १७ सय ३० दसमलव ७२ बिन्दुुमा झर्दा निर्जिवन बीमा समुहको सुचक पनि तीन सय ७४ दसमलव ५३ अंकले घटेर १२ सय ६८ दसमलव ९१ बिन्दुुमा झरेको छ ।

यि बाहेक जीवन बीमा, टे«डिङ, फाईनान्स, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी र लगानी समुहको सुचकहरु पनि उच्च अंकले घटेकाछन । नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको चन्द्रागिरी हिल्स लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९५ प्रतिसतले बढेर आठ सय ८४ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको हिमालयन पावर पार्टनर लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ८६ प्रतिसतले घटेर चार सय ४८ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको अपर तामाकोशी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता छ सय ४७ रुपैयाँ अन्तिम मुल्यमा ४४ करोड ५६ लाख १५ हजार सात सय १३ रुपैयाँको कारोवार भएको छ ।