काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवा नै अघि बढेर भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनुपर्ने बताएका छन् ।
प्रेस युनियन बाग्लुङले शनिबार आयोजना गरेको प्रेस सम्मेलनलाई सम्बोधन गर्दै ओलीले देशलाई बर्बादीतिर लैजान लागेको भन्दै अब देउवा नै अघि बढ्नुपर्ने बेला आएको बताए ।
पौडेलले भने ‘राष्ट्रलाई बर्वादीतिर लैजाने मान्छेलाई हटाउनैपर्छ । हामीले हिजै सभापतिलाई भनिसक्यौ। तपाई आफै बनेर हुन्छ कि के गरेर हुन्छ केपी ओलीलाई हटाउनुपर्यो भनेका छौ।
ओलीलाई हटाउन जनता समाजवादी र माओवादी केन्द्रसँग मिल्नुपर्ने पनि बताएका छन् । ‘अब दायाँबाँया सोच्ने कुरा छैन काँग्रेस, जनता समाजवादी पार्टी र माओवादी केन्द्र मिलेर नै केपीलाई हटाउनुपर्छ,’ नेता पौडेलले भने ।
साथै, प्रतिनिधि सभा विघटनपछि काँग्रेस सत्तामा जान हतार नगर्नुपर्ने उनको रहेको छ । अहिले केवल सबै मिलेर ओलीलाई हटाउनुपर्ने पौडेलको भनाई छ .
प्रतिक्रिया