देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

छुटेका संघीय सांसदलाई आज कोरोना खोप लगाइँदै

देशान्तर

काठमाडौं । कोरोना खोप लगाउन छुटेका संघीय सांसदहरुलाई आज खोप लगाइँदैछ ।

यसअघि यही फागुन १९, २० र २१ गतेका दिन सांसद र संसदका कर्मचारीहरुका लागि खोप लगाउने कार्यक्रम तय गरिएको थियो ।

विभिन्न कारणले उक्त दिनमा छुटेकाहरुलाई आज खोप लगाउन लागिएको संसद सचिवालयले जानकारी दिएको छ । खोप आज शनिबार १० बजेदेखि अपराह्न ४ बजेसम्म लगाइनेछ ।

आज अघिल्लो पटक छुटेका सांसदसहित संसदका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीलाई खोप लगाइने सचिवालयले जनाएको छ ।