काठमाडौं – नेपाली काँग्रेसका नेता गगन थापाले सरकारको नेतृत्व नेपाली काँग्रेसले गर्नुपर्नेमा जोड दिएका छन् । शुक्रबार नेपाल शिक्षक संघ बागमती प्रदेश कार्यसमितिको कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले काँग्रेसले सरकारको नेतृत्व गरेर प्रधानमन्त्री ओलीले संविधानमा पारेको भ्वाङलाई टाल्ने र देशलाई निर्वाचनमा लगेर नयाँ जनादेशबाट पाँच वर्षका लागि आउनुपर्ने बताए । नेपाली काँग्रेसले प्रतिपक्षमा बस्ने म्यान्डेट पाएको भएपनि संकटको बेलामा काँग्रेसले सम्हाल्नुपर्ने अवस्था आएको उनको भनाई छ ।
सर्वोच्च अदालतको फैसला नेकपाले स्वीकार गरिसकेपछि नेकपाले सरकार चलाउन पाएको म्यान्डेट सकिएको उल्लेख गर्दै नेता थापाले संसदमा सरकार चलाउने म्यान्डेट पाएको पार्टी नरहेको टिप्पणी गरे । नेपाली काँग्रेसले वर्तमान अवस्थालाई सम्हालेर निकास दिनुपर्ने उनको भनाई छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कायमै राखे राज्यका सम्पूर्ण संयन्त्रलाई दबाब र प्रभावमा पारेर कब्जा गर्ने र प्रजातन्त्रलाई कमजोर बनाउने उनको भनाई छ ।
प्रतिक्रिया