काठमाडौ । नेपाल विद्यार्थी युवा मञ्चले ‘‘महिला र राजनीति’’ विषयमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
फाल्गुन २९ गते ( शनिबार ) दिन कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ । कार्यक्रममा अधिवक्ता अन्जना अर्याल , राजनीतिकर्मी आरती लामा , पत्रकार रोशनी अधिकारी र महिला अधिकारकर्मी सोना परियार वक्ताको रुपमा आउने नेपाल विद्यार्थी युवा मञ्चका संरक्षक राजेन्द्र रोकायाले जानकारी दिए ।
सु–संस्कृत समाज निर्माणको लागि नवीन बैचारिक बहस’’ भन्ने हेतुले नेपाल विद्यार्थी युवा मञ्चले विभिन्न कार्यक्रम गर्दै आएको छ ।
प्रतिक्रिया