देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साताको नेप्से २४ सय ५८ अंकमा, १३ अर्ब ८५ करोडको कारोवार

देशान्तर

काठमाडौं – यो साता नेप्से २४ सय ५८ दसमलव ४८ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार सय ४५ दसमलव २३ अंकमा पुगेको छ । यो साता दुई सय ११ वटा कम्पनीहरुको एक लाख ५३ हजार पाँच सय नौ पटकको कारोवारमा तीन करोड २० लाख ७८ हजार एक सय २२ कित्ता सेयर किनबेच हुंदा कुल कारोवार रकम १३ अर्ब ८५ करोड ८५ लाख ८० हजार नौ सय ६४ रुपैयाँ पुगेको छ । यो कारोवार रकम गत साताको तुलनामा झण्डै आधाले कम हो ।

नेप्सेमा गत साता भने दुई सय १२ वटा कम्पनीहरुको तीन लाख ६० हजार एक सय २५ पटकको कारोवारमा छ करोड ८९ लाख ७७ हजार चार सय ४६ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम ३२ अर्ब ४८ करोड एक लाख ५९ हजार ७३ रुपैयाँ पुगेको थियो ।

पाँच कार्यदिन नेप्से खुल्ने भएपनि यो साता दुई कार्यदिन सार्वजनिक बिदा परेकाकारण तीन दिन मात्र नेप्से खुलेकाले कारोवार रकम पनि गत साताको तुलनामा घटेको हो । जस अनुसार पहिलो, तेस्रो र चौथो दिन नेप्से घटेको थियो भने दोस्रो र पाँचौ कार्यदिन सार्वजनिक बिदा परेकाकारण नेप्से बन्द रहेको थियो ।

सो मध्ये पहिलो दिन नेप्से २१ दसमलव ५८ अंकले घटेर २४ सय ८५ दसमलव नौ अंकमा झरेकोमा सेन्सिटिभ पनि एक दसमलव ७८ अंकले घटेर चार सय ४९ दसमलव ६८ अंकमा झरेको थियो । तेस्रो दिन पनि नेप्से २३ दसमलव २२ अंकले घटेर दुई हजार चार सय ६१ दसमलव ८८ अंकमा झर्दा सेन्सिटिभ पनि चार दसमलव ४७ अंकले घटेर चार सय ४५ दसमलव २१ अंकमा झरेको थियो ।

यसैगरी चौथो दिन पनि नेप्से तीन दसमलव चार अंकले घटेर दुई हजार चार सय ५८ दसमलव ४८ अंकमा झर्दा सेन्सिटिभ इन्डेक्स भने शुन्य दसमलव शुन्य दुई अंकले बढेर चार सय ४५ दसमलव २३ अंकमा चढेको थियो । नेप्सेका अनुसार यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नविल बैंक, एनआईसी एशिया बैंक आदि परेकाछन भने सेयर कारोवार भएको संख्याको आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल बैंक र नेशनल हाईड्रो पावर कम्पनी अगाडि परेकाछन् ।

बजार पुंजीकरणको आधारमा भने यो नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक आदि अगाडि परेकाछन् । सेयर सुचीकरणतर्फ भने यो साता छिमेक लघुबित्त बित्तीय संस्था, माछापुछ्रे बैक, लक्ष्मी बैंक, ज्योति बिकास बैंक, एनएमबी बैंक, नविल बैंक, अरुण कावेली पावर लिमिटेड आदिको बोनस सेयर नियमित कारोवारको लागि सुचीकृत भएकाछन् ।