देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओलीतिर लागेका नेताहरुलाई फकाउन नलाग्ने दाहालको भनाई

देशान्तर

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साविकको नेकपामा ओलीतिर लागेका नेताहरुलाई फकाउन नलाग्ने बताएका छन् ।

साविकको नेकपा दुई खेमामा विभाजित हुँदा माओवादी पृष्ठभूमिका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापालगायतका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका थिए । सर्वोच्च अदालतले पार्टी एकता नै खारेज गरेपछि उनीहरु माओवादी केन्द्रमा फर्किएका छैनन् ।

शुक्रबार बुटवलमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले उनीहरुलाई फकाउन नलाग्ने बताएका छन्