देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदीप खड्का स्टारर फिल्म ‘प्रकाश’ को शुभमुहूर्त

देशान्तर

काठमाडौँ । दिनेश राउतको निर्देशनमा बन्न लागेको फिल्म ‘प्रकाश’ को शुभमुहूर्त गरिएको छ । अभिनेता प्रदीप खड्का स्टारर फिल्म प्रकाशको बिहीवार शिवरात्रीको अवसरमा मनकामना मन्दिर पुगेर कलाकार, निर्देशक, निर्माता र प्राविधिक टोलीले क्यामेरा, क्ल्याप र स्क्रिप्ट पूजा गरेका छन् ।

फिल्मा अभिनेत्री रेनु योगीले डेभ्यु गर्दैछन् । फिल्ममा पहिलो पटक प्रदीप खड्काले गाउँले युवकको भूमिका निर्वाह गर्दैछन् । त्यस्तै फिल्ममा दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी (आँपे), हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाही लगायतका कलाकारहरुको पनि अभिनय रहने बताइएको छ ।

जुम्लाको एक निम्न वर्गीय परिवारको युवाले सरकारी शिक्षक बन्न गर्ने संघर्षको कथामा फिल्म बनाउन लागिएको निर्माण पक्षले जानकारी दिएको छ । मुहूर्तसँगै छायांकनका लागि फिल्म युनिट जुम्ला प्रस्थान गरेको छ । फिल्मको सुरुवातदेखि अन्तिमसम्मको सम्पूर्ण दृश्य जुम्लामा नै छायांकन हुने बताइएको छ ।

विनिश इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा महेन्द्र अधिकारीको लगानी रहेकोछ भने राजेश श्रेष्ठको छायांकन रहने फिल्मको कथा विकास सुवेदीले लेखेका हुन् । कलाकार अनुप बराल कास्टिङ डाइरेक्टर रहेको फिल्ममा तारा प्रकाश लिम्बु, एलिसा कार्की, दीपक शर्माको संगीत छ ।