देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टुँडिखेलमा सेना दिवस मनाइयो

देशान्तर

काठमाडौँ – नेपाली सेनाले बिहीबार औपचारिक कार्यक्रम गरी दिवस मनाएको छ । नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा कार्यक्रम गरी सेना दिवस मनाएको हो । टुँडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटालगायत राज्यका विभिन्न निकायका विशिष्ट व्यक्तित्वहरुको सहभागिता थियो ।

हरेक वर्ष महाशिवरात्रिका दिन नेपाली सेनाले सेना दिवस मनाउने गर्छ । यसको सुुरुवात भने सन् १९३५ बाट भएको बताइन्छ । नेपाली सेनाले कार्यक्रममा विभिन्न साहसिक खेल तथा झाँकी प्रस्तुत गरेको थियो । सैनिक मञ्च, टुँडिखेलमा मुख्य समारोह तथा मुलुकभर सेनाका सबै कार्यालय, विभाग, पृतना, बाहिनी, युनिट तथा सब-युनिटले पनि आ-आफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम गरी सेना दिवस भव्यताका साथ मनाएका छन् । बिहीबार काठमाडौंको सैनिक मञ्चमा परेड तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम गरी सेना दिवस मनाइएको थियो ।

समारोहमा नेपाली सेनाले आफ्नो सौर्य कौशलको प्रदर्शन गरेको आकर्षक देखिएको थियो । कार्यक्रममा सेनाका जवानहरुले राइफल तथा तोपबाट बढाइँ कवाज, त्रिभुवन आर्मी क्लबका खेलाडी र राष्ट्रिय सेवा दलका क्याडेटलगायत विभिन्न युनिटबाट मार्चपास गर्नुको साथै सेनाको बख्तरबन्द गाडी, हतियार र इक्युप्मेन्ट प्रदर्शन, ब्याण्ड डिस्प्ले, हेलिकप्टरबाट नेपालको राष्ट्रिय झण्डा र सेना दिवस–२०७७ लेखिएको ब्यानर प्रदर्शनी साथै पुष्पवृष्टि गरिएको थियो ।