स्पेनिस क्लब बार्सिलोना युइएफए च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ ।
बुधबार राति च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा पेरिस सेन्ट जर्मेइन (पीएसजी)सँग एक एक गोलको बराबरी खेले पनि बार्सिलोना अन्तिम आठमा पुग्न असफल रह्यो ।
यो नतिजासँगै बार्सिलोना ५–२ गोल अन्तरले पराजित हुन पुग्यो । पहिलो लेगमा बार्सिलोनाकै मैदान नाउक्याम्पमा ४–१ गोल अन्तरले पराजित गरेको थियो ।
दोस्रो लेगमा पीएसजीका लागि केलियन एम्बाप्पेले पेनाल्टीमार्फत ३० औं मिनेटमा गोल गरेका थिए ।
बार्सिलोनाका लागि खेलको ३७ औँ मिनेटमा लियोनेल मेसीले गोल गर्दै खेल बराबरी गरेपनि अन्तिम आठमा पुर्याउन भने असफल रहे ।
प्रतिक्रिया