देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विनयजंग बस्नेत ५० हजार धरौटीमा रिहा

देशान्तर

काठमाडौं – सपना रोका मगरलाई अभद्र ब्यवहार तथा सामाजिक सञ्जालमा गालीगलौज गरेको मुद्दामा पक्राउ परेका विनयजंग बस्नेत धरौटीमा छुटेका छन् ।

२४ दिन हिरासतमा बसेका बस्नेतलाई बुधबार जिल्ला अदालत काठमाडौंले ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । उनीसँग अभद्र व्यवहारमा १० हजार र साइवर अपराधको मुद्दामा ४० हजार रुपैयाँ धरौटी माग गरेको थियो ।

विनयविरुद्ध सपनाले माघ १९ गते प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन् । प्रहरीले उनलाई काठमाडौँको गोंगबुबाट फागुन ४ गते पक्राउ गरेको थियो ।