काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्ता सहकार्य हुन नसक्ने जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । वर्तमान सरकारलाई जसपाले समर्थन दिने कुरा आइरहेका बेला अध्यक्ष यादवले त्यस्तो सम्भावना नरहेको बताएका हुन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकपछि संघीय संसद् भवन नयाँ बानेश्वरमा यादवले सरकारबाट ओलीलाई हटाउने पार्टीको मूल ध्येय रहेको बताए । ‘लोकतन्त्रको रक्षाका लागि, संघीय गणतन्त्रका रक्षाका लागि, संघीयता पक्षधर शक्तिहरूसँग सहकार्य गर्न सक्छौँ । जसले हाम्रा मधेशका मुद्दाहरूलाई समर्थन गर्दछ, संविधान संशोधनलाई अगाडि बढाउँछ ती शक्तिहरूसँग सहकार्य गर्ने हो, यादवले भने, त्यो शक्ति भनेको नेकपा (एमाले) होइन । त्यो विगतदेखि हामीले अहिलेसम्म जाँचपरक, टेष्ट गरेर व्यवहारमा हेरिसकेका छौं ।
प्रतिक्रिया