काठमाडौ – पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मष्तिष्कघात भई उपचाररत् नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था बुझ्न आज नर्भिक अस्पताल पुगेकाछन । फागुन १४ गते मष्तिष्कघात भई कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशी नर्भिक अस्पतालमा भर्ना भएका थिए । उनी अझै कोमामै रहेकाछन ।
जोशीको स्वास्थ्य अवस्था स्थिर, तर जोखिमपूर्ण रहेको र पछिल्ला केही दिनदेखि अवस्था थप बिग्रिएको खबर आइरहेको बेला पूर्व प्रधानमन्त्री देउवाले थापाथलीस्थित नर्भिक अस्पतालमा गएर जोशीको स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका हुन् । देउवाले जोशीको उपचारमा संलग्न स्वास्थ्यकर्मीसँग पछिल्लो अवस्था र उपचारको बिषयमा जानकारी लिएका थिए । देउवाले अस्पतालमै रहेका जोशीकी पत्नी र परिवारजनलाई सान्त्वना समेत दिएका थिए ।
उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले जोशी अझै कोमामै रहनुभएको, भेन्टिलेटरको सपोर्टमा रगेको विषय जानकारी गराएका थिए । सो क्रममा देउवाले नर्भिक अस्पतालको उपचार पद्धतिको विषयमा समेत खुलेरै प्रशंसा गरेका थिए । उनले जोशीको उपचारमा नर्भिकले अपनाएका उपायहरुको प्रशंसा गर्दै अस्पताललाई धन्यवाद समेत ज्ञापन गरेका थिए । ‘देशमै यो लेभलको उपचार हुनु खुशीको कुरा हो । संक्षिप्त प्रतिक्रिया दिंदै देउवाले भने ।
प्रतिक्रिया