सैन्य कू को विरोधमा जारी प्रदर्शनका क्रममा पक्राउ परेका म्यानमारका सत्तारुढ दलका नेताको हिरासतमा मृत्यु भएको छ ।
सुरक्षाकर्मीले अत्याधिक याताना दिँदा आङसाङ सूकीको दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)का नेता झा म्याटलिनको मृत्यु भएको हो । याङगुनबाट पक्राउ परेको केही दिनमै उनको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
विघटित संसदको माथिल्लो सदनका सांसद म्याटलिन हिरासतमा मारिने दोस्रो नेता हुन् ।
यसअघि, एनएलडीका अर्का नेता खिन मौन लाटको गत शनिबार सेनाले नियन्त्रणमा लिएपछि हिरासतमै मृत्यु भएको थियो ।
प्रतिक्रिया