दमौली । तनहुँको शुक्लागण्डकीमा बगरको ढिस्कोले पुरिँदा आज एकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको नेत्रावती गाउँपालिका–५ कटुन्जे घर भई हाल शुक्लागण्डकी नगरपालिका–८ किमलडाँडा बस्ने ५३ वर्षीय धनबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
किमलघाटस्थित सेतीनदी बगरमा काम गर्ने सिलसिलामा ढिस्कोले पुरिएर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिए ।
प्रतिक्रिया