देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादी केन्द्रको पहिलो स्थायी कमिटी बैठक पेरिसडाँडामा

देशान्तर

काठमाडाैं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा शुरु भएको छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन र आगामी रणनीतिका बारेमा निर्णय गर्न माओवादी केन्द्रको बैठक बसेको हो । बैठकमा माओवादी केन्द्रका मुख्य नेता र स्थायी कमिटी सदस्य सहभागी छन् ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि पहिलो पटक माओवादी केन्द्रको बैठक बस्न लागेको हो । बैठकमा आगामी राजनीतिक परिस्थित र सत्ता समिकरणबारे छलफल हुने जनाइएको छ । सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र आ–आफ्नो कित्तामा लागेका छन् ।

सर्वोच्च अदालतले गत आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता ऋषिराम कट्टेलले दर्ता गरेको दलले पाउने निर्णय गरेको थियो । यसले नेकपाको एकीकरणलाई खारेज गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई पूर्ववत् रूपमा व्यूँताएको हो ।