काठमाडौ । सर्वोच्च अदालतले गरेको फैसलापछि नयाँ रणनीति तय गर्न प्रचण्ड–नेपाल पक्षको नेकपाको स्थायी कमिटीको बैठक सुरु भएको छ।
पेरिसडाँडास्थित पार्टी कर्याालयमा केहीबेरअघि बैठक सुरु भएको स्थायी कमिटी सदस्य मातृका यादवले जानकारी दिए।
आइतबार सर्वोच्च अदालतले नेकपा नाममाथि फैसला गर्दै ऋषि कट्टेलको पार्टीलाई मान्यता दिएर एमाले र माओवादी केन्द्र अस्तित्वमा रहेको फैसला गरेको थियो।
सो फैसलापछि प्रचण्ड–नेपाल पक्षले स्थायी कमिटीको बैठक बोलाएको हो। यसअघि सोमबार बिहान ११ बजे बोलाइएको बैठक ३ बजेलाई सारिएको थियो।
प्रचण्ड–नेपालले सर्वोच्चको फैसलालगत्तै आइतबार नै संविधानविद् र कानुनविद्सँग छलफल गरेका थिए। उनीहरुले प्रचण्ड–नेपाललाई सर्वोच्चको फैसला पुनरवलोकन गर्न सुझाव दिएका छन्।
यसका साथै नेकपाका बहुमत सदस्य र सांसदले नेकपा नामबाहेकको अर्को नाम लिएर निर्वाचन आयोगमा दर्ता गर्न सकिने समेत सुझाव दिएका छन्।
प्रतिक्रिया