देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माैसम आंशिकदेखि सामान्य बदली

देशान्तर

देशभरको मौसम सोमबार आंशिकदेखि सामान्य बदली रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभाव तथा प्रि–मनसुनी गतिविधिका कारण मौसम बदली भएको हो ।

अहिले सुदूरपश्चिम प्रदेशका साथै देशका पश्चिमी पहाडी भू–भागमा पूर्ण बदली रही अन्य पहाडी सामान्य बदली छ। देशका बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।

दिउँसो सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू–भागहरुमा सामान्य बदली रहि बाँकी भू–भागहरूमा आंशिक बदली रहने छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका पहाडी भू–भागहरुको थोरै स्थानहरुमा तथा बागमती र प्रदेश १ का एक–दूई स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको केही उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना छ ।