काठमाडौं – पछिल्लो समय नेपालसहित विश्वभर उच्च रक्तचाप र युरिक एसिडको समस्या हुनेहरुको संख्यामा उल्लेख्य रुपमा वृद्धि भएको छ । विश्वको करिब दुई तिहाई जनसंख्यामा उच्च रक्तचापको समस्या रहेको अध्ययनले देखाएका छन् । खानपान र जीवनशैलीमा मात्र परिवर्तन गर्न सकेमा पनि यी समस्याको न्यूनीकरणमा ठूलो फाइदा पुग्ने विशेषज्ञहरुको राय छ ।
उच्च रक्तचाप बढेकाले ध्यान दिनुपर्ने कुराहरु :
- नून र चिल्लो पदार्थको सेवन कम गर्ने
- धूमपान, मद्यपान र सूर्तिजन्य पदार्थको सेवन नगर्ने जस्तैः रक्सी, चूरोट, खैनी, सूर्ती आदि
- मोटोपना घटाउने ।
- दैनिक ३० मिनेट देखि १ घण्टा हलुका पसिना आउने गरी हिंड्ने ।
- गहुँ, मकै, कोदो, फापर, गेडागुडी जस्ता रेसादार युक्त परिकार खाने
- गाजर, मूला, बन्दा, चुकन्दर, काँक्रो, टमाटर आदि मिसाएको सलाद दैनिक खाने
- ध्यान, योगासन, प्राणायाम नियमित रुपमा गर्ने
- नरिसाउने, क्रोधित नहुने, उत्तेजनामा नआउने
यूरिक एसिड बढेकाहरुले ध्यान दिनु पर्ने कुराहरु :
- रातो मासु (खसी, राँगा) वा भित्री मासु (कलेजो, मिर्गौला, गिदी आदि) नखाने
- मदिरापान, धूमपान, सूर्तिजन्य पदार्थ सेवन नगर्ने
- प्रशस्त मात्रामा पानी पिउने
- दैनिक ४५ मिनेट देखि १ घण्टासम्म हलुका पसिना आउने गरी हिंड्ने
- योगासन, प्राणायाम गर्ने
- दाल, गेडागुडी, कुरिलो, सिसिको अचार, गोलभेंडा, तामा जस्ता परिकारको उपभोग कम गर्ने
- जंकफुड तथा बेकरी उत्पादनको प्रयोग कम गर्ने
प्रतिक्रिया