स्पेनिस क्लब बार्सिलोना कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा कमजोर भएको बार्सिलोनाले दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्दै फाइनलमा स्थान बनाएको हो ।
बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा सेभियालाई अतिरिक्त समयमा ३–० गोल अन्तरले पराजित गर्दै समग्रमा ३–२ को जितसहित फाइन पुगेको हो ।
सेभियाको घरेलु मैदानमा भएको पहिलो लेगमा बार्सिलोनाले २–० को हार व्यहोरेको थियो । बुधबार राति भने बार्सिलोनाले घरेलु मैदानमा उत्कृष्ट पुनरागमन गरेको हो ।
बर्सिलोबालाई जित दिलाउन ओसमान डेम्बेले, जेरार्ड पिके र मार्टिन ब्रेथवेटले एक–एक गोल गरे । खेलको १२ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
७३ औं मिनेटमा सेभियाले पेनाल्टीको अवसर पायो । तर, लुकास ओकाम्पसको पेनाल्टी प्रहार बार्सिलोनाका गोलरक्षक मार्क स्टेगनले उत्कृष्ट बचाउ गरे ।
खेलको इन्जुरी समयमा फेर्नान्डोले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि सेभिया १० खेलाडीमा समेटिन पुग्यो ।
इन्ज्यूरी समयको चौथो मिनेटमा बार्सिलोनाका पिकेले गोल गर्दै टिमलाई २–० गोलको अग्रता दिलाए ।
अतिरिक्त समयमा धकेलिएको खेलको ९५ औं बार्सिलोनाका ब्रेथवेटले गोल गर्दै टिमलाई समग्रमा ३–२ गोकलो जित दिलाए ।
१०३ औं मिनेटमा लुक डी योङले रातो कार्ड खाँदा सेभिया ९ खेलाडीमा समेटिएको थियो । अब बार्सिलोनाले उपाधिका लागि एथ्लेटिक बिल्बाओ र लेभान्टेबीचको विजेतासँग खेल्नेछ ।
प्रतिक्रिया