काठमाडौं । संसद सचिवालयले बुधबारदेखि संघीय संसदका दुवै सदनका सांसदहरूलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने व्यवस्था मिलाएको छ।
खोप लगाएकाले मात्र संसद भवनमा प्रवेश पाउने पनि सचिवालयले जनाएको छ। सचिवालयका प्रवक्ता डा। रोजनाथ पाण्डेले सांसदहरूलाई बुधबारदेखि शुक्रबारसम्म खोप लगाउने व्यवस्था मिलाइएको जानकारी दिए।
सांसद्सँगै संसद सचिवालयका कर्मचारी, मर्यादापालक ९सुरक्षाकर्मी० र सांसद तथा मन्त्रीका अंगरक्षकसहित करिब एक हजार जनालाई खोप लगाइनेछ।
खोप लगाउने व्यवस्था संसद भवन नजिककै रहेको नेपाल निजामती अस्पतालमा मिलाइएको छ।
प्रतिक्रिया