काठमाडौं– छोरा कृष्णप्रसाद अधिकारीको हत्यारामाथि कारबाही माग गर्दै लामो समयदेखि वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ।
उनी पछिल्लो पटक पुस ६ गतेदेखि आमरण अनशनमा छिन्। उनको अवस्था गम्भीर बन्दै गएपछि शनिबार बेलुका घाँटीको शल्यक्रियामार्फत मुख्य नसाबाट जीवन बचाउने तरल पदार्थ दिइएको उपचारमा संलग्न चिकित्सक डा. मनेनप्रसाद गोर्खाले जानकारी दिए। १६ वर्षीय कृष्णप्रसादको हत्या तत्कालीन विद्रोही माओवीदीले २०६१ जेठमा गरेको थियो।
छोरोका हत्यारामाथि कारबाही माग गर्दै अनशन बसेकै बखत गंगामायाका पति नन्दप्रसाद अधिकारीको २०७१ असोजमा निधन भएको थियो। उनको अहिलेसम्म अन्त्येष्टि गरिएको छैन।
प्रतिक्रिया