देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जापानमा एक्लोपन निराकरण गर्ने मन्त्रालय बन्यो, साकामोटो बने मन्त्री

देशान्तर

टोकियो – जापानमा बढ्दै गएको आत्महत्या र मानसिक रोगलाई सम्बोधन गर्न एक्लोपन मन्त्रालय खडा गरिएको छ । जापान सरकारले कोरोना महामारीसँगै देशमा आत्महत्या गर्नेको संख्या बढेपछि यसलाई सम्बोधन अग्रण मिनिस्टर अफ लोन्लीनेस अर्थात एक्लोपन निराकरण गर्ने मन्त्री नियुक्त गरेको हो ।

कोरोनाका कारण मानिसहरु बेरोजगार बन्ने, व्यवसाय डुब्ने, आफन्तको ज्यान जाने यस्तै यस्तै कारणले आत्महत्या गर्नेको संख्या जापानमा निकै बढेको छ । यसको निराकरणको लागि सरकारले एक्लोपन निराकरण मन्त्रालयको गठन गरेर प्रधानमन्त्री योशिहीदी सुगाले टेटसुशी साकामोटोलाई मन्त्रीमा नियुक्त गरेका छन् । साकामोटोलाई जापानमा घट्दो जन्मदरलाई व्यवस्थित गर्ने जिम्मेवारी समेत दिएको छ ।

योसँगै साकामोटो जापानको पहिलो एक्लोपन निराकरणमन्त्री बनेका छन् । यसअघि बेलायतले पनि २०१८ मा एक्लोपन निराकरण गर्ने मन्त्री नियुक्त गरेको थियो । जापानमा गत अक्टोबरमा मात्र लगभग ८८० महिलाले आत्महत्या गरेको सरकार आँकडा रहेको छ ।