काठमाडौ । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । नेपाली कांग्रेसका एक केन्द्रीय पदाधिकारीले दिएको जानकारी अनुसार बिहीबार दिउँसोका लागि बैठक बोलाइएको हो।
बैठक सभापति देउवाको निवासमा बस्नेछ । बैठकमा वर्तमान पदाधिकारीका साथै कांग्रेसका पूर्वपदाधिकारीलाई समेत बोलाइएको ती नेताले जानकारी दिएका छन्।
उनका अनुसार बैठकमा प्रतिनिधिसभा विघटनको निर्णय बदर भएपछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल हुनेछ ।
प्रतिक्रिया